बर्षमा १ महिना मात्र देखिने गाउँ

बर्षमा १ महिना मात्र देखिने गाउँ||Sangam Creations||


     पश्चिम भारतमा एउटा गाउँ छ, जहाँ वर्षमा एक महिना मात्र गाउँ देखिन्छ । भारतको गोआको दक्षिणपूर्वी पर्ने यो स्थानमा ११ महिना पानीले ढाक्ने गर्दछ भने केवल एक महिना मात्र जमिन देखिने गर्दछ । जब पानीको तह घटेपछि स्थानीय बासिन्दा आफ्ना घरमा फर्किन्छन् र एक महिना जति समय बिताउँछन् त्यसपछि फेरी फर्किन्छन् । दुई ओटा चुचुरोको बीचमा यो कुर्दी गाउँ रहेको छ । यस स्थानमा गोवा राज्यकै पहिलो नहर निर्माण भएको छ। जब नहर निर्माण गरियो तब देखी गाँउ डुबानमा परेको थियो ।



यस स्थानमा करिव तीन हजार जनसंख्या रहेको थियो भन्ने अनुमान गरिन्छ । यहाँ हिन्दू, मुसलमान र क्रिश्चिय समुदाय मिलेर बस्थे । मुस्लिमको मस्जिद, बुद्धिष्ट गुम्बा र हिन्दूको मन्दिर थिए ।





कुरा सन् १९६१ तिरको हो, जुन समयमा गोवा भारतको अंश बन्यो । गोवा भारतको राज्य हुनु पूर्व सो राज्य पोर्चुगलको अधिनमा थियो । त्यस स्थानमा नहर बनाउँने भएपछि गाउँका ६ सय परिवारलाई अन्यत्र गाउँमा स्थानान्तरण गरियो त्यस गाउँका मानिसलाई स्थानान्तरण गर्न मात्र पाँच वर्ष लागेको थियो । स्थान्तरण पछि उनीहरुलाई क्षतिपूर्ति र जग्गा दिइयो ।  सन् १९८२ मा नयाँ गाउँ पुगेपछि उनीहरु केही समय टहरोमा बस्न बसेका थिए । 





About Sangam Shrestha

संगम श्रेष्ठको जन्म ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ मा भएको हो । उनले आफ्नो आधारभुत शिक्षा स्थानीय गाउँमा नै गरे भने १२ चाहिँ जनभावना क्याम्पस, चापागाउँमा गरे साथै उनी हाल सोही क्याम्पसमा BASW अध्ययन गर्दैछन् । उनले ईश्वरशास्त्र अन्तरगत M.Div. मा अध्ययन पनि गर्दैछन् । पेशागत दृष्टिकोणले उनी पत्रकार साथै लेखक हुन् भने धर्मको दृष्टिकोणले उनी ईसाइ हुन् । हाल उनी गोदावरी नगरपालिका-८ मा आफ्नो माता र पितासँगै बस्दै आइरहेका छन् ।

0 Comments: