शान्ति सम्झाैताको १५ बर्षलाइ फर्केर हेर्दा

शान्ति सम्झाैताको १५ बर्षलाइ फर्केर हेर्दा ||Sangam Creations||

Writer:Sangam Shrestha.

          आज मंसिर ५,नेपालमा विस्तृत शान्ति सम्झौताको भएको १५ वर्ष पुगेको छ । ५ मंसिर २०६३ मा सरकार पक्षबाट तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला र तत्कालिन माओवादी पुष्प कलम दहालले मंसिर ५ मा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । शान्ति सम्झौतापछि देशमा केही परिवर्तन आएता पनि जुन रुपमा नेपाली जनताहरुले आशा गरेका थिए त्यही मात्रामा भने देशमा परिवर्तन भएको छैन । जे होस् विस्तृत शान्ति सम्झौताको १५ बर्ष बित्दा देशमा परिवर्तनका केही संवाहकहरु देखा परेका छन् ।

            देशमा चलेको १० बर्षे जनयुद्धलार्इ अन्त्य गर्दै, राजतन्त्रको अन्त्य गरी नेपाल सरकार  नेकपा माओवादीले वि.सं. २०६३ मंसिर ५ गते हस्ताक्षर गरि नेपाललार्इ अब देखी नयाँ दिशा तर्फ लैजाने अभिभारा बोकेका माओवादीका अध्यक्ष पुष्पकलम दहाल अहिले सम्म हाम्रा बीचमा छन् भने तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला स्वर्गारोहन भइ सकेका छन् । मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरी देशलाइ नयाँ दिशा तर्फ लैजाने भनेर हस्ताक्षर गरिएता पनि उल्लेखनीय प्रकारले भने देशलाइ नयाँ दिशा तर्फ लैजान भने सफल भएको छैन ।

यस पत्रमा भएका सम्झैताहरूः

·         शशस्त्र लडाईँको औपचारिक अन्त्यको घोषणा

·         माओवादी सेना र हतियारको र त्यसैगरी नेपाली सेनाको हतीयारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन

·         माओवादीद्वारा कब्जा गरीएका सम्पूर्ण सम्पति फिर्ता

·         मानव अधिकर र अन्तराष्ट्रिय मानबधिकर सम्बन्धी कानुनहरूको पूर्ण पालना

·         राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य

·         उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन

·         माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनस्र्थापना

·         युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनस्र्थापना

·         हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी

        माथि उल्लेखित कति पय सम्झौताहरू पुरा भए पनि कुनै अधुरा नै छन् । युद्घका कारणाले अङ्ग भङ्ग भएकाहरू, अपाङ्गहरूले अनुचित रूपमा न्याय पाएका छैनन् । बेपत्ता पारिएका नागरिकहरूको खोजिनीति तिब्र रूपमा भएको छैन । कयौँ मानिसहरू घर बिहिन भए, कयौँ व्यक्ति पिडित । अदालतको ढोकामा धाउदा धाउदा लोलाएका आखाँहरूलाइ हेर्दा हिजो जस्तो लाग्छ शान्ति सम्झौता भएको तर १५ बर्ष बिति सक्यो तर अन्यायमा परेका हजारौँ मानिसहरूले अझै पनि न्यायको पर्खाइमा कुरिरहेका छन् ।

       १५ बर्ष पछि नेपाललार्इ फर्केर हेर्दा नेपालमा के के परिवर्तन भयो भनेर सोच्ने बेला भएन र ? बेपत्ता परिएकालाइ खोज्ने बेला भएन र ? अपाङ्ग भएकाहरूलाइ क्षतिपूर्ति दिने बेला भएन र ? अन्यायमा परेकालाइ न्याय दिने बेला भएन र ? ती वीर शहिदहरूको आवाजहरू सुन्ने बेला भएन र ?

       पक्का पनि केही सुधार भएका छन्, त्यो पाटोलाइ बिर्सन हुदैन । प्रेस स्वतन्त्रता, धर्मनिरपेक्षता, मौलिक अधिकार, संविधान, संघियता, स्वतन्त्रता साथै अन्य थुप्रै कार्यहरू भएका छन् । तर पनि गरिब, निमुखा, अन्यायमा परेकाहरूले उचित न्याय पाएका छन त ?

 

About Sangam Shrestha

संगम श्रेष्ठको जन्म ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ मा भएको हो । उनले आफ्नो आधारभुत शिक्षा स्थानीय गाउँमा नै गरे भने १२ चाहिँ जनभावना क्याम्पस, चापागाउँमा गरे साथै उनी हाल सोही क्याम्पसमा BASW अध्ययन गर्दैछन् । उनले ईश्वरशास्त्र अन्तरगत M.Div. मा अध्ययन पनि गर्दैछन् । पेशागत दृष्टिकोणले उनी पत्रकार साथै लेखक हुन् भने धर्मको दृष्टिकोणले उनी ईसाइ हुन् । हाल उनी गोदावरी नगरपालिका-८ मा आफ्नो माता र पितासँगै बस्दै आइरहेका छन् ।

0 Comments: