जातिय भेदभावलाइ संरक्षण गर्ने शिक्षा मन्त्री

जातिय भेदभावलाइ संरक्षण गर्ने शिक्षा मन्त्री


संगम श्रेष्ठ, ललितपुरः  रूपा सुनार माथी भएको जातिय भेदभावको कारणले घरवेटीलार्इ प्रहरीले अनुसन्धानको लागि लगेको थियो । तर शिक्षा मन्त्री श्रेष्ठलेको दवावमा उनलार्इ रिहाइ गरिएको छ ।

यति मात्र होइन उनकै गाडीमा वा नेपाल सरकाले दिएको गाडीमा चढाएर लेगेको दृश्य देखे । देशको एउटा नेतृत्वको क्षेत्रमा रहेर त्यही माथि शिक्षा मन्त्री जस्तो व्यक्तिले अपराधीलार्इ संरक्षण गरेको देख्दा नरमाइलो लाग्यो । शिक्षामा सुधार  ल्याउँला कि, असमानतालार्इ केही कम गर्दा कि भन्ठानेको थिए तर उ त अपराधीलार्इ संरक्षण गर्ने व्यक्ति पो रहेछ । शिक्षा मन्त्री जस्तो पदमा बसेर यस्तो काम गर्न अलि कति पनि नैतिकताले दोष दिएन मन्त्री ज्यू ? तपाइको अगाडी के को नैतिकताको कुरा गर्नु अपराधीलाइ संरक्षण गर्ने व्यक्तिमा नैतिकता हुन्छ भन्ने चाहिँ मलाइ लाग्दैन । वास्तवमा अपराधीहरूको संरक्षण नेताहरूनै गर्छ भनेको सुनेको थिए तर हिजो त प्रत्यक्ष रूपमा देख्न पाए । कस्तो दम्भ, कुनै ठुलो काम गरे जस्तै हात उचाल्दै, हल्लाउँदै पुरै गर्भका साथ निस्किरहेको देख्दा साच्चै मलाइ लाग्यो यो देशमा न्याय मरिसक्यो । यो न्याय मरेको र कानुन बेचेको देश झै लाग्यो । म पनि एक नेवार समुदायको व्यक्ति हुँ तर पनि मेरै समुदायको मानिसले अर्थात मेरै मानिसहरूले अपराध गरे भने म त्यस मानिसलाइ समुदायको वा जातको दृष्टिकोणले होइन तर अपराधको दृष्टिकोणले हेर्छु । समस्या होइन कि कोठा दिएनन् तर समस्या यो कि जातकै कारणले कोठा दिएन । रूपा सुनार र घरवेटी बीच भएको कुराकारी को अडियो बाहिरिएको छ, यो सुन्दा सिदै यो जातिय भेदभाव हो भन्ने कुरा स्पष्ट हुन्छ ।

 शिक्षा मन्त्रीबाटै अपराधीलाइ संरक्षण हुन्छ भने अब के को शिक्षामा हुन्छ र ? जातिय भेदभाव हिजो पनि थियो अाज पनि छ र भोली पनि रहिरहनेछ छ । किनकि यसको संरक्षण गर्नेहरू नेताहरूको कुर्सीमा छ । मन्त्री ज्यू तपाइमा थोरै नैतिकता बाकिँ छ भने जातिय भेदभाव भएको हो भनिदिनुस । हामी भविष्य खोजी रहेका व्यक्तिहरूलाइ केही सान्त्वना मिल्छ । जातिय भेदभावको संरक्षण होइन उन्मुलन गर्न तिर ध्यान दिनु भएको भए सायद अबका पुस्ताहरूले तपाइलाइ अादर गर्थे र सुरवादीको नामले पुकार्थे तर त्योसो हुन सकेत तपाइ त केवल अपराधीलाइ संरक्षण गर्ने वा जातिय भेदभावलाइ  समर्थन गर्ने  शिक्षा मन्त्री पो हुनु भो । 

About Sangam Shrestha

संगम श्रेष्ठको जन्म ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ मा भएको हो । उनले आफ्नो आधारभुत शिक्षा स्थानीय गाउँमा नै गरे भने १२ चाहिँ जनभावना क्याम्पस, चापागाउँमा गरे साथै उनी हाल सोही क्याम्पसमा BASW अध्ययन गर्दैछन् । उनले ईश्वरशास्त्र अन्तरगत M.Div. मा अध्ययन पनि गर्दैछन् । पेशागत दृष्टिकोणले उनी पत्रकार साथै लेखक हुन् भने धर्मको दृष्टिकोणले उनी ईसाइ हुन् । हाल उनी गोदावरी नगरपालिका-८ मा आफ्नो माता र पितासँगै बस्दै आइरहेका छन् ।

1 Comments:

Anonymous said...

जातिय भेदभावको अन्त्य गराैँ ।