मुस्लिम राष्ट्रहरू एक भएर इस्राएल बिरूद्ध पूर्व प्रधानमन्त्री (मलेसिया)

तत्कालिन समयमा इस्राएल र गाजा बीच झगडा भई रहेको छ । गाजाबाट अधिक मात्रामा मिसाएलहरूको प्रहार भई रहेको छ भने त्यसको जवाफि कारवाहीमा इस्राएलले पनि केही मिसाएलहरू पठाएको छ । गाजा क्षेत्रबाट आक्रमण गरेको अधिकाशं मिसाएलहरू आकाशमा नै बिस्फोटन गराउँने पद्धती इस्राएल सँग छ । इजरेली सेनाको रकेट आक्रमणमा परि प्यालेस्टाइनको एउटा शरणार्थी शिविरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । मलेसियाका पूर्व प्रधानमन्त्री महातिर मोहम्मदले इजरेल–प्यालेस्टाइनबीचको संघर्षको समाधानको विषयमा आफ्नो भनाइ राखेका छन्। उनले इजरेलविरुद्ध मुस्लिम राष्ट्रहरु एक भएर उभिनुपर्ने बताएका छन्। आवश्यक परेमा मुस्लिम राष्ट्रहरुले इजरेललाई कारवाही गर्नुपर्ने र प्यालेस्टाइनीहरुको हकको विषयमा समर्थन जनाउनुपर्ने उनको भनाइ छ। ‘मलाई आशा छ अरब वर्ल्ड र प्यालेस्टाइनले एकसाथ बसेर इजेरविरुद्ध कुनै ठोस रणनीति बनाउनेछन्। मलाई लाग्छ अरब विश्व वर्तमानको अवस्थालाई देखेर ब्युँझनेछ। इजरेलले प्यालेस्टाइनमाथि गरेको हमला मानवताको विरुद्धमा छ’ महातिरले भनेका छन्,‘विश्वलाई यो लाग्नसक्छ कि प्यालेस्टाइन इजेरललाई उक्साइरहेको छ तर आज यो सत्य हो प्यालेस्टाइनी मस्जिदमा नमाज पढिरहेका थिए र इजरेलले उनीहरुमाथि आक्रमण गरे।’ इजरेलको जेरुसलेमस्थित अल–अक्सा मस्जिदमा प्यालेस्टाइनका नागरिकले नमाज पढिरहँदा इजरेलका सुरक्षाबलले त्यहाँ कारवाही गरिनु अर्थपूर्ण नभएको उनको भनाइ छ। उनी भन्छन्,‘नमाज बढिरहेका मानिस कसैको लागि कसरी खतरा हुन सक्छन्?’ अरब राष्ट्रहरुले आपसमा झगडा गर्नुको साटो प्यालेस्टाइनको बारेमा सोच्नुपर्ने उनको भनाइ छ। बीबीसी

 


तत्कालिन समयमा इस्राएल र गाजा बीच झगडा भई रहेको छ । गाजाबाट अधिक मात्रामा हवाइ प्रहार भई रहेको छ भने त्यसको जवाफि कारवाहीमा इस्राएलले पनि केही हवाइ कारवाहीहरू पठाएको छ । गाजा क्षेत्रबाट आक्रमण गरेको अधिकाशं हवाइ प्रहारहरू आकाशमा नै बिस्फोटन गराउँने पद्धती इस्राएल सँग छ । इजरेली सेनाको रकेट आक्रमणमा परि प्यालेस्टाइनको एउटा शरणार्थी शिविरमा आश्रय लिइरहेका १० जना मारिएका छन् ।

 

मलेसियाका पूर्व प्रधानमन्त्री महातिर मोहम्मदले इजरेल–प्यालेस्टाइनबीचको संघर्षको समाधानको विषयमा आफ्नो भनाइ राखेका छन्।

उनले इजरेलविरुद्ध मुस्लिम राष्ट्रहरु एक भएर उभिनुपर्ने बताएका छन्। आवश्यक परेमा मुस्लिम राष्ट्रहरुले इजरेललाई कारवाही गर्नुपर्ने र प्यालेस्टाइनीहरुको हकको विषयमा समर्थन जनाउनुपर्ने उनको भनाइ छ।

मलाई आशा छ अरब वर्ल्ड र प्यालेस्टाइनले एकसाथ बसेर इजेरविरुद्ध कुनै ठोस रणनीति बनाउनेछन्। मलाई लाग्छ अरब विश्व वर्तमानको अवस्थालाई देखेर ब्युँझनेछ। इजरेलले प्यालेस्टाइनमाथि गरेको हमला मानवताको विरुद्धमा छ’ महातिरले भनेका छन्,‘विश्वलाई यो लाग्नसक्छ कि प्यालेस्टाइन इजेरललाई उक्साइरहेको छ तर आज यो सत्य हो प्यालेस्टाइनी मस्जिदमा नमाज पढिरहेका थिए र इजरेलले उनीहरुमाथि आक्रमण गरे।’

इजरेलको जेरुसलेमस्थित अल–अक्सा मस्जिदमा प्यालेस्टाइनका नागरिकले नमाज पढिरहँदा इजरेलका सुरक्षाबलले त्यहाँ कारवाही गरिनु अर्थपूर्ण नभएको उनको भनाइ छ।

उनी भन्छन्,‘नमाज बढिरहेका मानिस कसैको लागि कसरी खतरा हुन सक्छन्?’ अरब राष्ट्रहरुले आपसमा झगडा गर्नुको साटो प्यालेस्टाइनको बारेमा सोच्नुपर्ने उनको भनाइ छ। बीबीसी



 

About Sangam Shrestha

संगम श्रेष्ठको जन्म ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ मा भएको हो । उनले आफ्नो आधारभुत शिक्षा स्थानीय गाउँमा नै गरे भने १२ चाहिँ जनभावना क्याम्पस, चापागाउँमा गरे साथै उनी हाल सोही क्याम्पसमा BASW अध्ययन गर्दैछन् । उनले ईश्वरशास्त्र अन्तरगत M.Div. मा अध्ययन पनि गर्दैछन् । पेशागत दृष्टिकोणले उनी पत्रकार साथै लेखक हुन् भने धर्मको दृष्टिकोणले उनी ईसाइ हुन् । हाल उनी गोदावरी नगरपालिका-८ मा आफ्नो माता र पितासँगै बस्दै आइरहेका छन् ।

0 Comments: