रामेछापको दुर्गम गाउँमा जन्मिएका उज्यालो नेापलका नायक कुलमान घिसिङ ||जीवनी || Sangam Creations||

रामेछापको दुर्गम गाउँमा जन्मिएका उज्यालो नेापलका नायक कुलमान घिसिङ ||जीवनी ||Sangam Creations||

Writer:Sangam Shrestha.



            रामेछापको दुर्गम गाउँ बेथान मा जन्मिएका सरकारी स्कुलमा पढेको सामान्य किसानको छोरो  हुन् नेपाललार्इ उज्यालो पार्ने  कुलमान घिसिङ । सायद उनको नाम नसुन्ने नेपाली धेरै कम होला । वास्तवमा, उनले बिजुली काठमाडौँमा छिरे पछि मात्र देखाका थिए । उनको शिक्षाको कुरा गर्ने हो भने  प्राथमिक शिक्षा गाउँमै गरेका थिए भने कक्षा ५ पास गरेपछि दाजुहरुसँग काठमाडौँ छिरेका थिए ।  झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना भएका उनी पछि अमरआस बोर्डिङ स्कुलमा अध्ययन गरे साथै  अस्कल क्याम्पसबाट आईएस्सी गरेका उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट अध्ययन गर्न  पनि गएका थिए । उनी शिक्षामा अब्बल थिए । उनी जहिले पनि प्रथम हुन्थे ।



 सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गरे पछि  पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका उनी सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उनी नेपाल विद्युत प्राधिकरणमा सातौँ तहको इन्जिनियर भएका थिए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जल विद्युत परियोजनाको जिम्मेवारी पाएका थिए । 




हुने बिरूवाको चिल्लो पात भने झै उनी त्यहाँ प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु पनि गरेका थिए ।  प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएका थिएन । सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । उनी कार्यकारी निर्देशक नियुक्त हुने वर्षमा सुक्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो। दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको समयमा उनी कार्यकारी निर्देशकमा नियुक्त भएका कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए। घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा शुरु गरे । सो परीक्षण सफल भएको आधरमा २०७३ चैत्र १ देखि देशव्यापी रूपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए । करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७६/७७ मा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनेको थियो कार्यकालको पहिलो वर्षमा नै घिसिङको नेतृत्वमा रहेको व्यवस्थापनले विद्युत् चुहावट तीन प्रतिशत घटाएका थिए । आर्थिक वर्ष २०७४/७५ मा विद्युत् चुहावट २०.४५ प्रतिशतमा ओर्लियो भने आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा विद्युत् चुहावट १५.२७ प्रतिशतमा सीमित भएको थियो । चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि हो घिसिङले ६० मेगावाटको त्रिशूली थ्रीए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराए। 




About Sangam Shrestha

संगम श्रेष्ठको जन्म ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ मा भएको हो । उनले आफ्नो आधारभुत शिक्षा स्थानीय गाउँमा नै गरे भने १२ चाहिँ जनभावना क्याम्पस, चापागाउँमा गरे साथै उनी हाल सोही क्याम्पसमा BASW अध्ययन गर्दैछन् । उनले ईश्वरशास्त्र अन्तरगत M.Div. मा अध्ययन पनि गर्दैछन् । पेशागत दृष्टिकोणले उनी पत्रकार साथै लेखक हुन् भने धर्मको दृष्टिकोणले उनी ईसाइ हुन् । हाल उनी गोदावरी नगरपालिका-८ मा आफ्नो माता र पितासँगै बस्दै आइरहेका छन् ।

0 Comments: